सुप्रिया राई असार १
इटहरी, इटहरी लेडी जेसीजको जेसीज सप्ताह तथा इटहरी जेसीज र लेडी जेसीजको संयुक्त शैक्षिक सामग्री बितरण अभियानको सुरुवात इटहरी उपमहानगरपालिका ५ मा रहेको ज्योति उच्च माध्यमिक विद्यालयका विद्यार्थी लाइ शैक्षिक सामाग्री वितरण गरेर वुधवार शुरु गरिएको छ ।इटहरी उपमहानगरपालिका क्षेत्रका एक हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने अभियान रहेको इटहरी जेसीजका अध्यक्ष दीपक ढकाल र इटहरी लेडी जेसीजकी अध्यक्ष सुशिला ढकालको योजना अनुसार सो विद्यालयका एक सय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष बिजय काफले दीपक ढकाल नेपाल जेसीजकी कार्यकारी उपाध्यक्ष भेषजा काफ्ले सञ्जीव ढुङ्गाना नरनाथ सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यmत्रम शुसिला ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।यो अभियान बाहेक इटहरी लेडी जेसीजले आफ्नो सप्ताह कार्यक्रम उद्घाटनका अवसरमा ज्योति उच्च माविमा अध्ययनरत २० जना बालबालिकाहरुलाई अलग्गै शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।