अर्जुन गुरागाई असार ५ इटहरी
इटहरीमा क्यानसर पिडीत तनहुं व्यासनगरपालिका–३का २ बर्षिय बालक सुसान्त गुरुङ्ग र जनआन्दोलनका घाईते धादिङ्ग केवलपुर–८ का लोक नाथ आचार्य को उपचार सहयोगार्थ मिनी मेला शनिबार इलाका प्रहरी इटहरीका नायव उपरिक्षक ओम प्रसाद अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
मेला सुनसरीका केही सामाजिक संघ संस्था youth for blood mrr, wrr,ydc लगायतले विभिन्न सांस्कृतिक कार्यक्रम तथा मिनीमेला आयोजना गरे को छ । मेलामा youth for blood ले पानि नाअ ले कस्मेटिक gfc र mrr / wrr ले संयुक्त रुपमा पानिपुरी र चटपटे र इटहरी नमुना कलेज ले फलफुल को इस्टल राखेको सामाजीक कार्यमा सक्रिय अभियान्ता कृष्ण लुईटेलले बताउनुभयो । साथै इटहरि का व्यवसायी सामाजिक अभियान्ता लगायत सर्वसाधरण ले पनि रकम सहयोग गरेका थिए । मेलामा करिब ३० हजार सहयोग र करिब १२ हजार ब्यापार बाट रकम संकलन भएको बताइएको छ । मेला शनिबार मध्यान्न १२ बजे देखी इटहरी स्थित रेयुकाई चौतारीमा सञ्चलन भएको थियो । कार्यक्रम बाट संकलन रकम उक्त समुहले जनआन्दोलनका घाईते धादिङ्ग केवलपुर –८का क्यान्सर पिडीत लोक नाथ आचार्य र तनहुं व्यासनगरपालिका–३ का सुसान्त गुरुङ्ग लाई प्रदान गरीएको छ ।