Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विराटनगरको सफाईमा तिव्रता


विराटनगर २७ जेठ ।  काठमाण्डौको  वेष्ट मेनेजमेन्ट गुप्र नेपाल प्रालिले विराटनगर नगरक्षेत्रको फोहर मैला व्यवस्थापन कार्यलाई तिव्रता दिएको छ । यही जेठ १ गतेदेखी संकलनको जिम्मेवारी पाएको  वेष्ट मेनेजमेन्ट गु्रपले अधिकतम स्रोत साधन परिचालन गरेर सफाईको कार्यलाई तिव्रता दिएको हो ।
 नयाँ संस्थाले जिम्मेवारी पाएपछि  विराटनगरको फोहर संकलन कार्य केही दिन अवरुद्ध भएको थियो । फोहर संकलन हुन नसकेपछि नगरबासीहरुको गुनासो बढेको थियो । सफाईकर्मीहरुले ज्याला वृद्धिको माग गरेर  आन्दोलन गरेकै कारण संस्थाले फोहर उठाउन सकेको थिएन ।  सफाईकर्मीहरुले  ज्याला वृद्धि को माग गरेको र ज्याला वृछि पछि  सफाईकर्मीहरु काममा फर्किसकेको संस्थाले जनाएको छ  । आिगामी ६ महिना भित्रमै विराटनगर नगरक्षेत्रलाई सुन्दर र सफा बनाउने संस्थाका संचालकहरुको दावी छ  । वेष्ट मेनेजमेन्ट ग्रुप विराटनगर यूनिट कार्यालयका संयोजक देवी आचार्यले परम्परागत शैलीमा संकलनको काम  हुँदै आएकोमा  अव  समायानूकुल र आधुनिक शैलीमा  फोहर संकलन गरिने  बताए । सडकको फोहर मैला संकलनले नगरक्षेत्र दुर्गन्धित भैरहेकोले  घरदैलो कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने   उनले स्पस्ट पारे । अव धरदैलोबाट आउने फोहर संकलनका लागी सफाईकर्मी चौकमा आएको  पूर्व जानकारी  दिन साईरनको प्रयोग गरिने उनले बताए ।

काठमाण्डौ , ललीतपुर , भक्तपुर , व्यास नगरपालिकामा फोहर मैला व्यवस्थापकै काम गरिरहेको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालकै यस क्षेत्रमा काम गर्ने पहिलो संस्था रहेको संयोजक आचार्यको दावी छ । हामीले २२ बर्षदेखी फोहर मैला संकलनको काम गरिरहेको छौ , उनले भने स्थानीय नगरबासीहरुको सहयोग , सदभाव रहदै गए विराटनगर नगरक्षेत्रलाई  सोचे जस्तै सफा बनाउने छौ । हाल २० वटा टयाक्टर , १५ वटा टाइृ साईकल र २ सय ५० सफाईकर्मी र कर्मचारीबाट संस्थाले फोहर संकलनको काम गरिरहेको छ ।  अस्पताल , नर्सिग होम , मासु पशलहरुबाट आउने फोहरलाई बढी केन्द्रीत गरेर संकलनलाई तिव्रता दिएको छ ।   बढी फोहर उत्पादन हुने भएकाले अस्पताल र मासु पशलमा व्यवस्थापनलाई बढी केन्द्रीत गरिएको उनको कथन थियो । अन्य  संवेदनसिल क्षेत्र र चौकहरुमा दैनिक कुचो लगाउने  तथा सहायक मार्गहरुमा हप्ताको ३ पटक सफाईकर्मी परिचालन गरिने उनको कथन छ ।

 विराटनगरमा दैनिक थुप्रने ८० मेटिक टन फोहर व्यवस्थापनका लागी चाडै ५ वटा टयाक्टर थप गरि सफाई कार्यलाई जनगुनासो नआउने गरि व्यवस्थापन गरिने संस्थाका संचालक मित्र घिमिरेले जानकारी दिए । धरदैलो कार्यक्रममा सहभागि हुन नचाहने र सडकमा जथाभावि फोहर फयाक्नेलाई फोहर मैला ऐन अनुसार कार्वाही गरिने उनको  भनाई छ । काममा विश्वास गर्ने हाम्रो संस्था भएकोले केही दिनमै यसको परिणाम नगरबासीले देख्ने उनको दावी थियो । यसैविच विश्व वातारण दिवशको अवसरमा यस संस्थाले यही जेठ २१ गतेदेखी  जेठ ३० गते सम्म नगरका विभिन्न चौकहरुमा सरसफाईलाई अभियानका रुपमा सुरु गरेको छ । वृक्षारोपण , प्रभातफेरी , वातवरणि जनचेतना जस्ता कार्यक्रम संचालन गरिरहेको संस्थाले यही जेठ २७ गते कोशी अञ्चल अस्पतालदेखी देवकोटा चौक हुँदै हाटखोला चौक , २८ गते टाफिक चौकदेखी रोडशेष चौक , २९ गते भटीमोड देखी हुलास मेटल  र ३० गते जनविकास स्कूलदेखी जोगवनी वोर्डरसम्म सरसफाई अभियान प्रारम्भ गरि जनचेतना जगाउने कार्यक्रम रहेको संचालक घिमिरेले जानकारी दिए  । 



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget