Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरीमा रेडियो, टेलिभिजन र स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न


इटहरी असार ९ सुनसरीको इटहरीमा रहेको ¥यापीड ल्याङ्ग्वेज एण्ड आइटी सेन्टरको आयोजनामा ७ दिने रेडियो, टेलिभिजन र स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । भिजुवल गत बिहीरबारदेखि सुरु भएर आज सम्पन्न भएको तलिममा रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम सञ्चालन र स्टेजमा गरिने कार्यक्रम उद्घोषणसम्बन्धि कक्षाहरु सञ्चालन भएका थिए । ¥यापीडले आफ्नो सँस्थामा कम्प्युटर तथा विभिन्न भाषाहरुको कक्षा लिने विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन गरेको तालिममा मकालु टेलिभिनका रेवती निरौला र नमस्ते एफ एमका अर्जुन गुरागाईंले प्रशिक्षण दिनुभयो । तालिममा सहभागी ४० जनामध्येबाट रमेश खड्का प्रथम, धनबहादुर घिमिरे द्वितिय, योगेश देउवा तृतिय र माया राईले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुलाई आज भएको समापन कार्यक्रमका अवसरमा पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा नमस्ते एफ एम इटहरीका स्टेशन म्यानेजर सोनु जयन्ती, मकालु टेलिभिजनका रेवती निरौला, नमस्ते एफएमका अर्जुन गुरागाई लगायतले उद्घोषण र पत्रकारिताको महत्वका विषयमा बोल्नुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget