Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तरुण दल मोरङद्धारा भव्य कार्यक्रम गर्दै


विराटनगर, २ असार ।  कांग्रेसका भातृसंगठनहरु निस्कृय रहेको कार्यकर्ताबाटै गुनासो आइरहेका बेला नेपाल तरुण दल मोरङले विराटनगरमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

तरुण तल जिल्ला कार्यसमिति मोरङका अध्यक्ष प्रभाकर थापा सञ्जयका अनुसार शनिबार विराटनगर स्थित अतिथि सदनमा भव्य समारोह हुनेछ ।

‘नेतृत्व क्षमता विकासका लागि दुईदिने प्रशिक्षण कार्यक्रम’ नाम दिइएको उक्त समारोहको उद्घाटन पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा (संजय)ले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा मोरङका साथै पूर्वका १६ वटै जिल्लाका तरुण दलका अध्यक्ष र सचिवको सहभागिता रहने जनाइएको छ । दुई दिन विराटनगरमा युवाको बाक्लो जमघट हुने देखिएको छ ।
समारोहमा कांग्रेसका प्रखर वक्ता प्रदीप गिरि, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, गगन थापा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
 सभापति भएपछि पहिलोपटक देउवा विराटनगर आउन लागेकाले पनि तयारीलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
उहाँले तयारीमा कुनै कमी नहोस् भनेर सबै तह र तप्काबाट काम भइरहेको उल्लेख गर्नुभयो । “युवाहरुमा नेतृत्व विकासको क्षमता बढाउन कार्यक्रम राखिएका हौं,” अध्यक्ष थापाले भन्नुभयो, “आगामी निर्वाचनको तयारीका लागि युवालाई गाउँ–गाउँसम्म सक्रिय बनाउनु पनि हो ।” समसामयिक राजनीतिका विषयमा समेत केन्द्रीय नेताहरुले युवालाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको जनाइएको छ । विराटनगरस्थित अतिथि सदनमा हुने कार्यक्रममा मोरङका गाउँ–गाउँबाट युवा र कांग्रेस समर्थकहरुको बाक्लो उपस्थिति रहने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget