तीन महिने केयरगिभर सिप तालिम शुरु
इटहरी २३ जेष्ठ । एशियाली विकास बैङ्कको सहयोगमा शैलजा आचार्य स्मृति प्रतिष्ठान पोलिटेक्निकको आयोजना तथा लोटस कम्प्युटरको संयोजनमा आइतवार देखि इटहरीमा तीन महिने केयरगिभर सिप तालिम शुरु गरिएको छ ।
सो तालिमको उद्घाटन गर्नुहुँदै प्राविधिक शिक्षा ब्यवसायिक तालिम परिषद पूर्वाञ्चलका निमित्त निर्देशक रामनारायण मेहताले हातमा सिम र कला भएका ब्यक्तिले कहि र कुनै देशमा पनि बेरोजगार भएर बस्नु नपर्ने भएकाले तालिम अति नै आवश्यक रकेको कुरामा जोड दिनुभयो । विशेषगरी अस्प्ताल बालबालिका स्याहार केन्द्र, बृद्धाश्रम, चिल्ड्रेन होम लगायतका स्थानका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने शैलजा आचार्य स्मृति प्रतिष्ठान पोलिटेक्निकको योजना अनुसार सो तालिम इटहरीमा आयोजना गरिएको हो । तालिममा आदिवासी दलित र अन्य समुदायका गरी २० जनाको सहभागिता गराईएको छ । उनीहरुलाई दुई महिनासम्म सैद्धान्तिक र एक महिना प्रयोगात्मक तालिम प्रदान गरिने कार्यक्रम रहेको बताईएको छ ।
सोही वसरमा पोलिटेक्निकका प्राचार्य सन्तबहादुर अधिकारी नेकपा एमाले इटहरी उपमहानगर कमिटिका अध्यक्ष रेवतीप्रसाद घिमिरे अग्रज पत्रकार याम प्रधान टीका न्यौपाने लगायतले तालिमको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रम लोटस कम्प्युटरका सञ्चालक रविन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।