सुप्रिया राई
असार ११ इटहरी÷ यसैबर्षभित्रमा सुनसरी जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिसक्ने योजना अनुसार सुक्रवार सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकामा चर्पी निर्माण प्रयोग र सरसफाई सम्वन्धि भएका प्रयासहरुका विषयमा स्थलगत अनुगमन गरिएको छ । साविकको भलुवा र दुहवी गाविस अलग रहँदा भलुवा गाविस खुला दिशामुक्त घोषित भई सकेको भए पनि अझै साविक भलुवा पोष्ट ओडिएफ अभियानभित्र नसमेटिएकाले त्यसलाई समेत एउटै डालोमा हालेर साविक भलुवा गाविसको अनि अनुगमन गरिएको छ ।भलुवा र दुहवीलाई एक ठाउँमा गाभेर दुहवीभलुवा नगरपालिका बनेपछि १४ वटा वडामा विभाजित दुहवीभलुवा नगरपालिकालाई एउटै नगरपालिकाका रुपमा खुला दिशामुक्त घोषित गर्नका जिल्ला सरसफाई स्वच्छता समन्वय समिति खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वेल संस्था जिएसएफ स्थानीय नगर स्वच्छता समन्वय समितिका पदाधिकारी र विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरु समेतको टोलीले दुहवीभलुवा नगरपािलकाको स्वच्छता सम्वन्धि अनुगमन गरेको हो । दुहवीभलुवा नगरपालिका नगरपालिका क्षेत्रमा ४ हजार ८ सय ९ घरधुरी रहेको र तीमध्ये ऋषिदेव मुसहर बातर लगायतको सिमान्तकृत समुदायको बसोवास रहेको केही स्थानमामात्र चर्पी प्रयोग नभएर बाँसझ्याँङ खोलाखोल्सी र खाली जमिनमा दिशापिसाव गर्ने गरिएको पाईको थियो । अनुगमनपछि नैनकुमार विश्वकर्मा, भागिरथ खत्वे राम कोईराला र प्रमोद पोख्रेलले अनुगमन गर्दा देखिएका बास्तविक विषयलाई समेटेर तयार परेको अनुगमन प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा दुहवीभलुवा नगरपालिकाका कार्यकारी अधिकृत युवराज ढकालले तोकिएकै मितिभित्र दुहवीभलुवा नगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।