काठमाडौँ, असार १–काठमाडौँको टोखामा सुविधासम्पन्न ‘टोखा केब वाटर फन पार्क’ स्थापना भएको छ । ‘पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आजदेखि टोखा नगरपालिका–६ भूतखेलको चौरमा पार्क सञ्चालनमा आएको हो ।
पार्कका सञ्चालक मणि डङ्गोलले टोखालाई पर्यटकीय स्थलको रुपमा विकास गराउन पार्कको निर्माण गरेको बतउनुभायो । उहाँले भन्नुभयो, ‘छ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क तीन करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको हो ।’
काठमाडौँको चक्रपथ बाहिर निर्माण गरिएको पार्कमा फाष्ट फुड रेष्टुरेन्ट र नेपाली र नेवारी गार्डेन रेष्टुरेंन्टको व्यवस्था गरिएको डङ्गोलले बताउनुभयो । वाइफाइको सुविधा, मिटिङ हल, सभा समारोहका लागि क्याटरिङको सेवासमेत रहेको पार्कमा दिनहुँ मौलिक गीत सङ्गीत पस्कँदै नृत्यसमेत प्रस्तुत गरिने उहाँले बताउनुभयो ।