जेठ २० सुप्रिया राई इटहरी
सैनिक महाविद्यालय फुस्रे धरानको कक्षा ११ को परीक्षा दिएर फुर्सदमा रहेका विद्यार्थी युवराज कार्की र बिकल खनाल शुक्रवार देखी पूर्वी नाका काकडभिट्टाबाट महाकालीका लागि साईकल यात्रा शुभारम्भ गर्दैछन । परीक्षापछिको लामो समय छुट्टी हुने र यो समयलाई सिर्जनशील कार्यमा लगाऔ भन्ने सन्देश युवाहरुमा फैलाई देश बनाउने कार्यमा सकारात्मक भई अघि बढ्ने प्रेरणा दिनका लागि आफुहरुले यो अभियान गर्न लागेको अभियानकर्मी युवा युवराज कार्कीले बताएका छन ।युवा उठौँ पुननिर्माणमा जुटौ भन्ने नाराकासाथ दुई युवाले साईकल यात्राका क्रममा विभन्न स्थानका युवाहरुलाई सिर्जनशील भई देश निर्माणको अभियानमा केही न केही योगदान गरौ भन्नै भावना आदान प्रदान गर्दै जाने अभियानको मुख्य उद्देश्य रहेको बताएका छन । पत्रकार सम्मेलनमा शिक्षक रुद्र कठायतले विद्यार्थीहरुको साहसिक र उर्जाशील आकाङ्क्षालाई सघाउ पु¥याउनका लागि आफुले पनि सकारात्मक सुझाव एवम सहयोग दिएको बताएका छन ।दुवै युवाले मेचीकाली १ हजार ९६ किलोमिटरको दुरी १५ दिनभित्रमा पुरा गरिसक्ने लक्ष्य राखेको बताएका छन । दुई जनाको मेचीकाली साईकल यात्रालाई नेल्टा भन्ने संस्थाले सामान्य सहयोग पु¥याएको सो संस्थाका सुनसरी शाखाका प्रतिनिधि केशबप्रसाद भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।