Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उपेन्द्र यादव समेत नक्कली डाक्टर

विराटनगर ११ असार । मोरङको पथरीशनिश्चरे र हसनदहमा क्लिनिक सञ्चालन गर्दै आएका उपेन्द्रप्रसाद यादवसमेत नक्कली डाक्टर भएको खुलासा भएको छ ।

सीएमए मात्र उत्तीर्ण गरेका उपेन्द्रप्रसाद यादवले आफ्नो नामको अगाडि डाक्टर लेखेर उत्कृष्ट फार्मेसी नाम राखेर पथरीशनिश्चरे–१ स्थित पथरीबजारको शिखर चोकमा १ वर्षअघिदेखि क्लिनिक सञ्चालन गर्दै आएका छन् । यादवले केही विशेषज्ञ डाक्टरहरुको नाम राखेर आफूले विरामी जाँच गरी औषधि लेखिदिने गरेका थिए । यादवले ३ महिनादेखि मोरङकै हसन्दहमा समेत शाखा खोलेका थिए । हसनदहमा ल्याबसमेत सञ्चालन गरेका यादवले ल्यावको रिपोर्ट पनि आफैंले प्रमाणित गर्ने गरेको पाइएको छ । यता यादवले भने आफूले सीएमए मात्र उत्तीण गरेको भएपनि पुर्जा छाप्ने क्रममा भुलबस डाक्टर लेखिन गएको दाबी गरेका छन् ।

यस विषयमा बुझ्दा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु यङ्देनले भने आफुहरुले अनुगमन गरी कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । विप्लव माओवादीका कार्यकर्तासमेत रहेका यादवले सोही पार्टीको आडमा नक्कली डाक्टर बनेर पार्टीका भूमिगत गतिविधिसमेत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget