Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मृगौला उपचारमा सहयोग गरिदिन सवैमा याचना

कुमोद अधिकारी
मोरंङ १६ असार ।   मृगौला पिडित मोरङ पथरी शनिश्चरे ८ की सिता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सवैमा याचना गरेकी छिन ।

२८ वर्षिय श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गरेकी हुन । ७ वर्षदेखि मृगौला समस्यावाट पिडित भएकी श्रेष्ठको हाल काठमाण्डौस्थित विर अस्पतालमा उपचार भई रहेको छ ।
उनले अस्पताल शैयावाटै विराटनगरका संचारकर्मीलाई टेलीफोनगर उनले भनिन मेरो उपचारमा धेरै रकम लाग्ने उपचारमा संलग्न डाक्टरहरुले वताएका भन्दै आफुलाइ वचाइदिन सवैमा आग्रह गदर्छु भनेकी छिन ।
 विर अस्पतालको महिला वार्डको ५ नम्वर शैयामा रहेकी उनलाइ चिकित्सकले कम्तिमा सात लाख लाग्ने वताएका छन । श्रेष्ठलाई डा राजेन्द्र अग्रवाल र डा रजनी हाडाले हेदै आएका छन ।
उनको अहिले हप्ताको एक पटक औषधी युक्त सुई लागाउनु पर्ने भएको छ ।पिडित श्रेष्ठका अनुसार सुईको एक पटक लगाउदा ५० हजार रुपैया खर्च लाग्ने र यो सुई  ६ महिनासम्म लगाउनु पर्ने डाक्टर जनाएका छन ।
उनले यसअघि विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराएपनि सम्भव नभएपछि लामो समयदेखि विर अस्पतालमा उपचार गराउदै आएकी छिन ।
निम्न वर्गीय परिवारकी श्रेष्ठले उपचारको लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेकी छन् ।सहयोग गर्न चाहनेले उनको श्रीमान नरेन्द्र श्रेष्ठको राष्ट्रिय वाणिज्य वैकमा रहेको खाता नम्बर २६००००९२९११० रकम जम्मा गरिदिन सक्छन् । पिडित श्रेष्ठलाई  सम्पर्क गर्नुपरेमा ९८१०५०९४९३ मा फोन गर्न सकिनेछ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget