Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दलहरू बीचको एकता टुटेपछि राजनीतिक दुर्घटना हुन्छ : सिटौला


उर्लाबारी,२९ जेठ। पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले नेपालमा दलहरू बीचको एकता टुटेपछि राजनीतिक दुर्घटना हुने गरेको बताउनु भएको छ । शनिबार मोरङको केरौनमा जेष्ठ नागरिकहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको छ ।

खासगरी ठूला दलहरू बीचको एकतामा जोडदिँदै उहाँले दलहरू बीच समझदारी हुन नसके संविधान कार्यान्वयन हुन नसक्ने उल्लेख गर्नुभयो । बहुमतले सरकार चल्छ,तर सरकार चलाएर मात्र संविधान कार्यान्वयन नहुने बताउँदै सिटौलाले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून र ऐन निर्माण निर्माण बहुमतबाट पारित नहुने उल्लेख 

प्रधानमन्त्री केपी ओली एमालेको मात्र भएको आरोप लगाउँदै उहाँले भन्नुभयो–बहुमतको दम्भले सरकार चल्छ, तर अहिलेको दायित्व सरकार चलाउने मात्र होइन । संविधान कार्यान्वय गर्नका लागि अब २०९ महिनाको समय मात्र बाँकी छ । यो समयमा कानून निर्माण गरी सबै निकायका निर्वाचन गरिसक्नु पर्छ ।’ आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उहाँले सरकारले निर्वाचन हुन्छ,भनेर भने पनि निर्वाचन हुने संकेत नदेखिएको धारणा राख्नुभयो । सिटौलाले पुरानै कानून अनुसार भए पनि निर्वाचन गर्नु पर्नेमा जोड दिनु 

सभासद अशोक कोइरालाले काँग्रेसले आफ्नो नेतृत्वमा संविधान निर्माण गरेको बताउँदै कार्यान्वयन गर्ने अवशरपनि काँग्रेसले नै पाउने संकेत गर्नुभयो । कोइरालाले भन्नुभयो–एमाओवादी गठबन्धन सरकारले संविधान कार्यान्वयन भन्दा सरकारमा बसेर जागिर खाने मात्र काम गरिरहेको छ । 

मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले सरकारबाट जन अपेक्षा अनुसारको काम हुन नसकेको आरोप लगाउनु भयो । केरौन काँग्रेसका सभापति मोहन कट्वालको सभापतित्वमा भएको कार्यक्रममा १३ जना प्रजातन्त्रका सेृनानीलाई सम्मान गरिएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget