बसको ठक्करबाट साइकलयात्री घाइते मोरङ, ११ असार। मोरङको सुन्दर-दुलारी-१ गोठगाउँमा शुक्रबार बसको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्। पूर्वबाट पश्चिम आउदै गरेको को १ ख ४१८२ नम्बरको बसले सोही स्थान बस्ने तारसिंह सरदार लाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सरदारको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बस र चालकलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ। Share to: Twitter Facebook URL Print Email Labels: मुख्य समाचार समाचार