Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एम्बुलेन्स दुर्घटनामा पाँच घाइते

सिरहा, जेष्ठ २१ गते।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको लहानमा बिहिबार राती एक एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको रौताहा सामाजिक सेवा समिति, उदयपुरको स. २ च ४९६ नम्बरको एम्बुलेन्स राती १० बजेतिर लहान नगरपालिका ३ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो।
घाइतेहरुमा उदयपुर रौताहा ९ बस्ने ४३ वर्षिय भरतराज तामाङ, सोही ठाउँ बस्ने १९ वर्षिय सुभाष तामाङ, १८ वर्षिया शोभा तामाङ, १५ वर्षिय राम बहादुर श्रेष्ठ र उदयपुर चिलाउने ४ बस्ने १९ वर्षिय उमेश लामा रहेका छन्।
उनीहरुको हात र खुट्टामा सामान्य चोट लागेकोले उपचारकालागी सप्तऋषि हस्पिटल लहान लगिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। एम्बुलेन्स इलाका प्रहरी कार्यालय लहानमा रहेको छ भने चालक फरार भएकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget