Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दिपेनको ‘यो कस्तो भाग्य...’ (भिडियोसहित)

काठमाडौं । गायक दिपेन गुरुङले आफ्नो पछिल्लो एल्बम ‘प्रतिक’ मा समावेश एउटा गीतको म्युजिक भिडियो रिलिज गरेका छन् । एल्बम रिलिजलगत्तै अमेरिका पुगेका उनले ‘कस्तो यो भाग्यमा...’ बोलको गीतको भिडियोलाई सार्वजनिक गरेका हुन् । मिङ्मा शेर्पाको शब्दरचना रहेको ‘यो भाग्यमा...’ दिपेनको ‘प्रतिक’ मा समावेश गीत हो । यस गीतलाई अडियोमा समेत श्रोताले निकै रुचाएका थिए । त्यसैले भिडियोमा ल्याएपछि आफ्नो गीतले थप चर्चा पाउँने दिपेनको अपेक्षा छ । दर्जनौ गीतमा स्वर दिइसकेका उनी भन्छन्, ‘यो भिडियो नेपालमै छायांकन गरिएको हो । हतारमा गरिएको भएपनि यो गीतको भिडियो दर्शक तथा श्रोताले रुचाइदिनेछन् भन्ने आशा गरेको छु ।’ अनुप गिरीले निर्देशन गरेको ‘कस्तो यो भाग्यमा...’ मा अभिनेत्री तथा मोडल अनु शाह र योगेश गुरुङले अभिनय गरेका छन् । गीतको भावअनुसार अनु र योगेश अभिनयमा डुबेका छन् । यस गीतको संगीत समेत मिङ्मा शेर्पाले नै गरेकी हुन् । मिङ्माको संगीत सिर्जनाबारे भनिरहनु पर्दैन किनकि, भिडियो हेरेपछि अवश्य यहाँहरुले आफै मूल्यांकन गर्नुहुनेछ । एसियन म्युजिकको बजार व्यवस्थापनमा दर्शक तथा श्रोतामाझ आएका यो भिडियोलाई निर्देशक गिरीले नै छायांकन र सम्पादन गरेका हुन् भने संगीत संयोजन राजन इशानले गरेका हुन् । भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget