Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

डाक्टर पक्राउको विरोधमा वीरगञ्जका अस्पताल बन्द

 वीरगञ्ज  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशङ्कामा वीरगञ्जका डाक्टर पक्राउ गरेको विरोधमा शनिबार पनि वीरगञ्जका निजी तथा सरकारी अस्पतालहरुको सेवा ठप्प पारिएको छ । नेपाल चिकित्सक सङ्घ वीरगञ्जको आह्वानमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको हो ।
वीरगञ्जको सरकारी नारायणी उपक्षेत्रीय अस्पतालसहित करीब एक दर्जन निजी अस्पतालको सेवा ठप्प भएपछि वीरगञ्जमा उपचारका लागि आउने बिरामीहरुलाई सास्ती भएको छ । निजी क्लिनिक पनि बन्द गरिएका छन् । वीरगञ्जका औषधि पसलसमेत बन्द गराइएको छ । प्रहरीले डाक्टरलाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै विरोध गरेका छन् । चिकित्सक सङ्घ वीरगञ्जका उपाध्यक्ष डा. प्रमोद सर्राफले पक्राउ परेका डाक्टरहरूको अविलम्ब रिहाईको माग गरे ।
सङ्घको शनिबार बसेको बैठकले पक्राउ परेका डाक्टरहरूको रिहाईको माग गर्दै आइतबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । ज्ञापन बुझाएको २४ घण्टाभित्र रिहा नगरिए आकस्मिक सेवासमेत बन्द गरिने निर्णय भएको उपाध्यक्ष सर्राफले बताए ।
सिआइबीले शुक्रबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज र विभिन्न क्लिनिकबाट ९ जना चिकित्सकलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई शुक्रबार नै अनुसन्धानका लागि भन्दै सिआइबीले काठमाडौं लिएर गएको छ ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget