
सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उल्लेख गर्नुहुँदै महासचिव सुमनले भन्नुभयो– “गठबन्धन वार्ता र संवादद्वारा नै निकास चाहन्छन्, तर सरकार नै गम्भीर नभएकाले आन्दोलन लम्बिँदै गएको हो ।” हामीले वार्ता अघि नै मधेस आन्दोलनको क्रममा घाइते भएकाको उपचार, मृतकलाई सहिद घोषणा, मुद्दा फिर्ता तथा गठबन्धनले प्रस्तुत गरेको ११ बँुदे मागबारे सरकारको प्रारम्भिक धारणा आओस् भन्ने चाहेका छौँ, महासचिव सुमनले भन्नुभयो– “सरकारको धारणा आउनासाथ हामी सरकारसँग वार्तामा बस्छौँ ।”