पथरी १८ असार । नेपाली कांग्रेसका जिल्ला सभापती डिगबहादुर लिम्बुले पथरी शनिश्चरे गाविसका सुकुम्बासीहरुको संगको छलफल विना धडपकमडमा उत्रिए सो भन्दा पहिले नै आफु कांग्रेसको भण्डा गाडेर पिडितहरुको पक्षमा उत्रिने चेतावनी दिनुभएको छ । स्थानिय सुकुम्बासी बस्तीमा देखिएको समस्यालाई स्थानिय संगको छलफल बाटै समाधान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ ले गिरिजाप्रसाद कोईरालाको ९३ औ जन्म जयन्तीको अवसरमा आज गरेको कार्यक्रममा नेता तथा सांसद लिम्बुले सम्मानित सर्वोच्च अदालतको निर्णयलाई उल्लघन गर्न नसके पनि एक्कासी उक्त ठाँउमा जनताको विचल्ली बनाउन नपाईने र सहमतिमा समाधानको बाटो खोज्नु पर्नेमा जोड दिनुभयो ।
दिर्घकालिन समस्या समाधानका लागि सुकुम्बासी र धनिपुर्जा लिएर बसेकाहरु विचका समझदारी महत्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभयो ।
उहाँले स्थानिय जग्गामा भोगचलन गरिरहेकाहरुको विचल्ली बनाएर सुकुम्बासी बनाईदै गर्दा उनिहरुलाई केही विकल्प दिनुपर्नेमा उहाँको जोड थियो ।
त्यसैगरी गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तिको सन्दर्भमा बोल्दै लिम्बुले कोईराला नेपालको राजनीतिमा शिखर पुरुष भएको र नेपालको राजनीतिमा पुर्याएको योगदानलाई कांग्रेस लगायत अन्य दलहरुले समेत कहिल्यै नभुल्ने बताउनुभयो ।
नेपालको राजनीतिमा कोईरालाले देखाएको शाहस , धैरता र निर्णायक क्षमता अतुलनिय रहेको बताउनुभयो ।
पथरीशनिश्चरे नगरपालिका स्थित ब्यापार संघको हलमा आयोजना गरेको कार्यक्रममा सभापती लिम्बुले प्रमुख अतिथी आतित्थ्यता ग्रहण गर्नुभएको थियो । जिल्ला सचिव नागेस कोईराला, कोषाध्यक्ष गोपाल थापा , महाधिवेशन प्रतिनीधि मोदराज घिमिरे , नेवि संघका क्षेत्रिय सभापती प्रशान्त निरौला लगायतका नेताहरुले गिरिजाप्रसाद कोईरालाले जन्मजयन्तीको बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापती क्षेत्रिय सभापती गणेश खड्काले गर्नु भएको थियो ।