सुप्रिया राई असार १७
इटहरी÷उद्योग बाणिज्य सङ्घ इटहरी उपमहानगरपालिका क्षेत्रका यही असार २३ गते सम्पन्न हुने चुनावका लागि उद्योगी ब्यापारी र ब्यवसायीहरुको विशेष भेलाको आयोजनासँगै विहिवार पत्रकार सम्मेलन गरेर इटहरीको सुन्दर भविष्य बनाउने साझा योजना सहित सङ्घको बरिष्ठ उपाध्यक्ष इश्वरी पराजुलीको अध्यक्षतामा महिला, उद्योग, बाणिज्य र एसोसियटका साझा उम्मेदवारहरुको घोषणा गरिएको छ । नेकपा एमाले बाहेकका यहाँका सम्पूर्ण ब्यापारी ब्यवसायीका तर्फबाट विहिवार उम्मेदवारी घोषणा गरिएको छ ।महिला तर्फ गायत्री भण्डारी र सुमी थापाको उम्मेदवारी घोषणा गरिएको छ । त्यस्तै एशोसियटबाट रेवतीरमण दुलाव तथा उद्योग तर्फबाट दिवश पोख्रेल, कृष्ण सापकोटा तिलक अधिकारी र लक्ष्मण हुमागाईको उम्मेदवारी सार्वजनिक गरिएको छ । त्यसैगरी बाणिज्य तर्फको ९ पदका लागि भीमबहादुर पौडेल, श्याम रिजाल, अनिल सुब्बा, किशोर भट्टराई खड्गकुमार श्रेष्ठ जगदिश सापकोटा रितेश श्रेष्ठ पिताम्वर पोख्रेल र बङ्कर अग्रवालको उम्मेदवारी घोषणा गरिएको छ । उम्मेदवारी घोषणासभा एवम पत्रकार सम्मेलन समारोहमा उद्योग बाणिज्य महासङ्घका केन्द्रिय सदस्य रोहित प्रसाईले इटहरी बास्तवमा नै पूर्वाञ्चलका केन्द्र विन्दुका रुपमा विकास भई रहेकाले त्यसका लागि पार्टीगत होइन क्षमतावान साझा उम्मेदवारका रुपमा पराजुलीको उम्मेदवारी घोषणा भएको बताउनुभयो ।सोही अवसरमा महासङ्घका अर्का केन्द्रिय सदस्य एवम पूर्वाञ्चल उद्योग बाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालले पनि इटहरी जस्तो पूर्वकै उदीयमान शहरको ब्यापारी तथा ब्यवसायी र उद्योगीहरुलाई एक ठाउँमा समेटेर शान्ति सुरक्षा समेतको प्रत्याभूति दिलाउने पराजुलीको नेतृत्व जरुरी रहेको दावी समेत गर्नुभयो ।