Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राज्यकोषको दुरुपयोग गर्दै कार्यकारी अधिकृत भण्डारी

गोपाल काफ्ले 
पथरी  असार २६  ।केही दिनअघि सञ्चार माध्यममा समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पथरीशनिश्चरे नगरपालिकामा पत्र काटेको छ । 


अख्तियारले जवाफ मागेपछि कार्यलय प्रमुख विनोद भण्डारीले विवादमा तानिएका पांच जना कार्मचारीलाई स्पष्टिकरण मागेका छन् । स्पष्टिकरण सोधिनेमा इन्जिनियर अरुण घिमिरे, सव इन्जिनियर राजु लामा, सव ओभरसियर लिलाराज भट्टराई, सव ओभरसियर बलबहादुर (सन्तोष) बस्नेत र देवी प्रसाई छन् । उनीहरुबाट लिखित स्पष्टिकरण मागिएको हो । उक्त स्पष्टिकरण पत्रको बोधार्थ कार्यकारी अधिकृत विनोद भण्डारीले अख्तियारको क्षेत्रीय कार्यालय धनकुटा, शाखा इटहरी र जिल्ला प्रसाशन कार्यालय मोरङमा पठाएका छन् । विवादित कर्मचारीहरुबाट चित्तबुझ्दो जवाफ नआए प्रकृया अनुसार कारवाही गरिने बताइएको छ । मंगलबारको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुको व्यापक दवावपछि मात्र कार्यकारी अधिकृत कर्मचारीलाई स्पष्टिकरण सोध्न बाध्य भएका हुन् । अहिलेसम्म आफु कुनै पनि घुस काण्डमा नमुछिएको भनी दावी गरिरहेका कार्यकारी अधिकृत भण्डारीले भने गैर कानूनी काम गरेर राज्यकोषको रकम दुरुपयोग गरिरहेको फेला परेको छ । उनले नगरपालिकाको गाडी दुरुपयोग गरिरहेको तथ्य पत्ता लागेको छ । कार्यकारी अधिकृतले कार्यालयको प्रयोजनमा मात्र प्रयोग गर्न पाइने अफिस गाडी (टाटा सुमो) नीजी निवास विराटनगर जांदा दैनिक दश लिटर बढी तेल जलाएर सय किलोमिटर लामो बाटो ओहोरदोहोर गर्ने गरेका छन् । जवकी गाडी कार्यालय प्रयोजन र फिल्ड भिजिटका लागि मात्र प्रयोग गर्न पाइन्छ । त्यस्तै कार्यकारी अधिकृत भण्डारीले नगरपालिकाको नाममा रहेको मोटरसाईकल नीजि जस्तै गरी विराटनगर घरमा लगेर थन्क्याएका छन् । उनको करतुत यतिमात्र छैन, नगरपालिकाले कार्यकारी अधिकृतका लागि भनेर पथरीमा मासिक सात हजार रुपैया तिर्दै आएको कोठा भाडा पनि फजुलमै खेर गइरहेको छ । उनी नगरपालिकाले तिरिदिएको कोठामा नबसी दैनिक विराटनगर जांदा राज्यकोषको रकम दुरुपयोग त भयो नै सवारी चालकले समेत सास्ती खेप्नु परिरहेको छ । हरेकदिन विराटनगर ओहोरदोहोर गर्नुपरेकै कारण यसअघिका चालक सागर निरौलाले जागिर छोडेपछि शनिश्चरे घर भएका चालक इन्द्र खतिवडालाई ल्याइएपनि सास्ती भने उस्तै रहेको छ । तथापि चालक खतिवडाको ससुराली पनि विराटनगर नै भएकोले उनी भने उतै बस्ने गरेका छन् ।

कार्यकारी अधिकृत भण्डारीको असक्षम नेतृत्व र उनलाई सल्लाहदिने व्यक्तिको खराव सल्लाहका कारण कर्मचारहरुलाई समेत काम गर्न अप्ठेरो परेको एक कर्मचारीले गुनासो गरे । यस्तै नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिदेखि पूर्व जनप्रतिनिधिहरु समेत कार्यकारी अधिकृत भण्डारीको कार्यशैली प्रति रुष्ट छन् । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget