Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

केन्द्रीय सदस्यमा प्रशान्तको उमेद्धारी



साउन १६ विराटनगर । करिव १० बर्ष देखि रोकिएको नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिए संगै उमेद्धारी घोषणाको क्रम बढ्न थालेको छ । 
प्रदेश नंम्बर एक बाट केन्द्रीय सदस्यको उमेद्धारका रुपमा नेविका संघ नेता प्रशान्त निरौलाले आफ्नो उमेद्धवारी घोषणा गर्नुभएको छ । विराटनगरमा एक कार्यक्रमका विच उहाँले आफ्नो उमेद्धारी घोषणा गर्नुभएको हो । लामो समय देखि रोकीएको महाधिबेशन कांग्रेस निकट विद्यार्थीहरुका लागि महान चाड भएको र आफुले लामो समय देखि विद्यार्थीका हक अधिकारका खातिर आवाज उठाउदै आएको र अझ विद्यार्थीका हक अधिकार र आजको आवश्यकता अनुरुपको वैज्ञानिक शिक्षामा नितिगत रुपमै लागु गर्न पहल गर्नका लागि आफनो उमेद्धावारी रहेको उहाँले बताउनु भयो । शिक्षामा माफियाहरुको चलखेल धेरै नै रहेको भन्दै निरौलाले माफियातन्त्र रोक्न पहल गर्ने बताउनुभयो ।

विद्यालय तथा क्याम्पस भित्र हुने अनिमियतताले गर्दा सरकारी विद्यालयहरु दिन प्रतिदनि धरासायी हुदै गएको भन्दै त्यस प्रती विशेष रुपमा ध्यान दिन सवैलाई आग्रह गर्नुभयो ।
विश्वविद्यालयको लापारबाहिका कारण नियमित रुपमा विद्यार्थीहरुको परीक्षा नहुने तथा सानो सानो काममा विद्यार्थीहरुलाई दुख्ख दिने नियति विश्वविद्यालयले लिएको उहाँले आरोप समेत लगाउनुभयो ।
मोरङ स्थायी घर भएका निरौलाले माध्यमिक शिक्षा लिदै गर्दा नेवि संघमा आवद्ध भएको बताउनु भयो । 

मोरङबाट उपाध्यक्षमा सुभाष भण्डारी , सहमहामन्त्रीमा आषिश कार्की , केन्द्रीय सदस्यमा विष्णु भुर्तेल, दिनानाथ आचार्य , भोजराज बस्नेत पुर्वाञ्चल विश्व विद्यालय बाट त्रिभुषण गिरीले पनि उमेद्धारी दिने चर्चा रहेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget