Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

महिलालाई तालिम पछि आयआर्जन गर्नको लागि सामाग्रिहरु वितरण कार्यक्रम सम्पन्न


सुप्रिया राई असार १७
इटहरी÷माइती नेपाल परामर्श तथा पुर्नस्थापना गृह इटहरीको आयोजनामा विहिवार ६ महिने सिपमुलक तालिम प्राप्त महिलाहरुलाई सात दिने व्यवसाय सम्वन्धि तालिम दिइसके पछि आयआर्जन गर्नको लागि मेसिन तथा आवश्यक सामाग्रिहरु वितरण कार्यक्रम सम्पन्न भएको छ ।माइती नेपाल सुनसरीे संयोजक सुनिता कार्कीको अध्यक्षतामा रहेको सो कार्यक्रममा इलाम,मोरङ,धनकुटा,सुनसरी,भोजपुरका २० जना महिलाहरुलाई ५वटा सेन्टर खोलि दिने  र त्यसमा लाग्ने आवश्यक सामाग्र्ी वितरण गर्नका साथै तिन महिनाको कोठा भाडा लाग्ने पैसा पनि केन्द्रले वेहोर्ने माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले बताउनु भयो ।महिला तथा बालबालिका विकाश केन्द्र सुनसरीका अधिकृत रश्मि श्रेष्ठको प्रमुख आतित्थ्यमा भएको उक्त कार्यक्रममा लोकतन्त्र र न्यायका लागी आमा समुह तरहरा की अध्यक्ष विष्णु माँया गुरुङ,इलाका प्रहरी कार्यालय इटहरीका महिलासेल गंगा गौली लगायतले शुभकामना दिनु भएको थियो । सातदिन सम्म रहेको तालीममा आफु संग भएको सिपका आधारमा आफ्नो व्यवसायको महत्वबारे  जानकारी लिन,आफ्नो व्यवसायको योजना वनाउन ( वजारीकरण,संचालन,संगठन र वित्तिय योजना), प्रतिस्पर्धाको वाातावारण  अनुसार व्यवसाय सुुरु  गर्र्न के गर्नुुृ  पर्छ सो बारे भन्न, वित्तीय  साक्षरतााको जानकारी लिन लगायतका  विषयमा प्रशिक्षण व्यवसायिक योजनाका प्रशिक्षक अर्चना ढकालले दिनु भएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget