सुप्रिया राई साउन ४
इटहरी÷ साउन महिनाको प्रत्येक सोमबारका दिन शिवालय मन्दिरमा गई भगवना शिवको लिङ्गमा जल अर्पण गरी भक्तिपूर्वक पूजा आरधना गर्ने मौसम हो । हिन्दु धर्मावलम्वी महिला तथा पुरुषहरुले शिवालयमा गई भगवान शिवको लिङ्गमा जल अर्पण गरि भक्तिपूर्वक पूजा आरधना गर्नाले मानिसको मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वासले गर्दा हजारौ भक्तजनहरुले बिहानैदेखि पीण्डेश्वर शिवालयमा पुगे जल अर्पण गर्ने कार्य गरिरहेका छन ।उही क्रममा धरानको रुद्राक्षाराण्य क्षेत्र पीण्डेश्वर शिवालयमा हजारौ भक्तजनहरुले लामबद्ध भएर बिहानैदेखि जल अर्पण गरिरहेका छन ।

हिन्दु धर्माको चार क्षेत्रमध्ये नेपालमा रहेको मुक्तिक्षेत्र र बराहक्षेत्रमध्येको चतरा कौशिकी नदी क्षेत्रमा गई स्नान गरेर शुद्ध र पबित्र आत्माले जल उठाई भगवान शिवको शिवालयमा ल्याई अर्पण गर्नाले आफुले चिताएको कुरा पुग्ने विश्वासले आज बिहानैदेखि हजारौ भक्तजनहरुले चतराबाट जल ल्याई पीण्डेश्वर शिवालयमा चढाई रहेका छन ।पूर्वी नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरुले पहेलो बस्त्र धारण गरेर भारमा पानी ल्याएर शिवालयमा चढाई रहेका छन । त्यसैगरी स्थानीय पोखरी तलाउ र धाराबाट समेत जल ल्याएर पीण्डेश्वर शिवालयमा चढाउनेहरुको विशाल भिड रहेको छ । चतराबाट जल उठाएर डाक बम भनेर आउने भक्तजहरुलाई पीण्डेश्वर शिवालयभित्र सिधै प्रवेशको अवसर मिलाईएको छ भने स्थानीय तलाउ पोखरी नदीबाट जल लिई आउनेहरुले लामबद्ध भएर जल अर्पण गर्ने ब्यवस्था मिलाईको पीण्डेश्वर बाबाधामका सचिव जयन्तराज गौतमले जानकारी दिनुभयो ।
