सिरहा, असार १६ गते।
सिरहाको धनगढीमाई नगरपालिका ९ मा आज बिहान ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ३४६६ नम्बरको ट्रकले ठक्कर दिएर स २ प ८९५१ नम्बरको मोटरसाइकलका चालक सर्लाही जिल्ला निवासी ३२ वर्षिय सुशील सिहं दनुवारको उपचारककाक्रममा लहान अस्पतालमा आज बिहान ८ बजे मृत्यु भएको हो।
ठक्कर दिने ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।