उर्लाबारी १८ असार । मोरङको मधुमल्लास्थित बक्राहा खोलामा एकसाता अघि गएको बाढीले बिस्तापित भएका २ सय घर परिवारको लागि मोरङको उर्लाबारीमा राहत संकलन टोलीले ७३ हजार ३ सय १३ रुपैंया संकलन गरेको छ । शुक्रवार बजार आसापास क्षेत्रमा घरदैलो अभियान गर्दै राहत संकलन टोली उक्त रकम सहित ३० हजार बराबरको खाद्यन्य सहित लत्ता कपडाहरु पनि संकलन गरेको हो ।
न्यानो अभियान टिम उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार संघ पूर्वाञ्चल शाखा,उर्लाबारी युवा क्लव, चिन्तन चौतारी समुह,मंगलवारे युवा समाज,दिपज्योती युवा क्लव,उज्यालो राजघाट लगायतको सहकार्यमा राहत संकलन गरिएको हो । बजारवाशीले चाउचाउ,नगद,कपडा लगायतका राहत समाग्री सहयोग गरेका थिए । राहत संकलनमा न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बू, समाजसेवी भोलामान श्रेष्ठ,जयधर्म आचार्य महिला अगुवा शोभितमाया तामाङ,मिना कार्की, शिक्षिका रीताकुमारी खड्गी, निरु चौहान,निर्मला घले,चिन्तन चौतारीका गणेश खड्का,उर्लाबारी जेसिजका अध्यक्ष पवन भट्टराई,उर्लाबारी उद्योगा बाणिज्य संघका अध्यक्ष भरत भट्टराई,बाणिज्य उपाध्उक्ष यामलाल रसाईली,राहत अभियानकर्मी कमल वाईवा,कृष्ण बाईवा,पुष्प पाण्डे,गोबिन्द खनाल,दिपिन खड्का,बिबेक हिङमाङ,बिमक कुवर,भुवन श्रेष्ठ,अर्जन खड्का,ज्ञानु योन्जन,सन्जिब बुढाथोकी पत्रकार हरि कोईराला,सन्तोष राई,घनश्याम भण्डारी,इश्वरी भट्टराई सरोज बस्नेत लगायतको सक्रिय सहभागिता रहेको थियो ।
उर्लाबारीवाशीलाई बाढी पिडीतको राहतका लागि सहयोग गर्नुहुने उर्लाबारीवाशी तथा ब्यापारी सम्पूर्णलाई कार्यक्रममा बोल्दै समाजसेवी भोलामान श्रेष्ठ,जयधर्म आचार्य र अभियानका संयोजक पूर्ण सिंगकलले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यसैगरी बिहीवार पथरीमा ४९ हजार ४३ रुपैंया राहत संकलन भएको अभियानका आर्थिक संयोजक तेजन खड्काले जानकारी दिएका छन् ।