Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तुलसीले ल्याए ‘आधा माया’ भिडियो सहित

    भोला अधिकारी
काठमाडौं, ५ साउन । पुर्बेली चर्चित लोकगायक तुलसी पराजुली दर्शक तथा श्रोताका लागि आधा माया लिएर आएका छन् । पुर्वका ठेट शब्दहरुलाई मिठासपुर्ण लोक लयमा गाउने कलाकार हुन । यस गीत मार्फत तुलसीले  पूरै दर्हक स्रोताका मायाको अपेक्षा गरेका छन् । कुनै जमनामा ‘ कान्छीको छाता ढल्काइदेउ यता घाम पयौ निधारैमा ’जस्ता गीत दिएका सर्जकले पछिल्लो समयमा नया जीत ल्याएका हुन् ।  नयाँ गीत ‘आधा माया’ को भिडियो रिलिज गर्दै गायक पराजुलीले भने, ‘गीतको बोलको आधा माया छ । तर, मैले यस गीत तथा भिडियोबाट दर्शक एवं श्रोताको पुरै माया पाउँने अपेक्षा गरेको छु  तुलसीले भने’। गायक पराजुलीसँगै गायिका मेलिना राईको स्वर दिएको ‘आधा माया’ बोल गीतको भिडियोलाई सोमबार राजधानीमा एक समारोहबीच  विभिन्न रेडियो,टेलीभिजन तथा  यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।

      भिडियो सार्वजनिक कार्यक्रममा नेपाल संगीतकार संघका अध्यक्ष तथा संगीतकार लक्ष्मण शेष, प्रस्तोता समाजका अध्यक्ष एवं गायक हेमन्त शर्मा, संगीतकार महेश खड्का, सुरेश अधिकारी, बसन्त सापकोटालगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले भने, ‘तुलसी पराजुलीले आफ्नै यु–ट्युब च्यानल खोलेर राम्रो गर्नुुभयो ।’ उनले अरु कलाकारलाई पनि आफैले यु–ट्युब एकाउन्ट खोल्न सल्लाह दिँदैं भने, ‘हामी स्रष्टाका सम्पतिले अरु धनी भइरहेका छन् । त्यसैले अब हामीले आफैले यु–ट्युब एकाउन्ट खोलेर आफ्नो सिर्जना आफैं राखौं ।’
गायक पराजुलीकै यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भिडियोलाई कमल खालिङले निर्देशन गरेका हुन् । पुर्वेली लोकआधुनिक शैलीको यस गीतको भिडियोमा एनएच राई र पुर्णिमा लामाले अभिनय गरेका छन् । पूर्वको पर्यटकिय जिल्ला इलाम र कोशी टप्पूमा छायांकन गरिएको ‘आधा माया’ भिडियो निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।
https://www.youtube.com/watch?v=2NpMn4bW6xs

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget