Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री खेवासहित सात जनाको मृत्यु

तेह्रथुम, साउन १३ – तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै बिहीबार दिउँसो बस दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य ३५ जना घाइते भएका छन् ।
ज्यान जानेमा पूर्व अर्थ राज्यमन्त्री हरि राज खेवाको सनाखत भएको छ । अरुको परिचय खुल्न सकेको छैन ।
संखुवासभाको मुढशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दिउँसो साढे १२ बजे दुर्घटना हुँदा ३ जना पुरुष, २ जना महिला  र एक जना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी जवान डिकबहादुर कार्कीले जानकारी दिनुभयो ।
घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको उहाँले बताउनुभयो । बस सडकबाट अन्दाजी ५० फिट तल खसेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget