Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सवारी दुर्घटनामा एकको मृत्यु, ६ घाइते


सुनसरी, उदयपुर साउन १३ गते ।
सुनसरी र उदयपुरमा बुधबर भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सुनसरीको इटहरी-१२ मा ट्रकको ठक्करबाट साईकलयात्री इटहरी-१३ बस्ने २८ बर्षिय बब्लु साहको उपचारको क्रममा मृत्यु भएको छ। ना ३ ख ३९२२ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाईते भएका साहको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकाक्रममा अपरान्ह ४;४० बजे मृत्यु भएको हो। ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी उदयपुरको कटारी-१० स्थित कटारी-रिस्कु सडक खण्डमा को १ ज २००६ नम्बरको बलेरो अनिन्त्रित भई दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते ६ मध्ये गम्भीर रिस्कु-३ बस्ने ४३ बर्षिया जानुका परियारलाई विराटनगरतर्फ ल्याइएको छ भने अन्य सामान्य ५ जना कटारी अस्पतालमा उपचार पश्चात घर फर्किएका छन्। बलेरो चालकलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget