Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झापामा खोलामा खस्दा एकको मृत्यु, खोलाले बगाएर एक बेपत्ता

झापा, साउन १२ गते।
झापा जिल्लाको गेउरिया खोलामा खसेर मंगलबार एक बृद्धाको मृत्यु भएको छ भने खोलाले बगाएर एक युवक बेपत्ता भएका छन्।

लखनपुर-६ स्थित गेउरीया खोला तर्ने क्रममा पुलबाट खस्दा तोपगाछी-६ की ७० वर्षिया जयकुमारी राईको मृत्यु भएको छ। भाई लिलाबहादुर राईसंग मे ६ प ५४१५ नम्बरको मोटरसाइकलमा पछाडी बसेर दमकतर्फ आउदै गरेकी जयकुमारी अचानक मोटरसाइकलबाट नदीमा खस्दा गम्भीर भएकी थिईन। राईलाई स्थानीयको सहयोगमा बाहिर निकाली उपचारको लागि दमक लाईफ लाईन अस्पताल लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको हो।
त्यस्तै शिव-सतासी-९ केर्खा र चिल्लागडको विचमा पर्ने माई खोलाले बगाएर एक युवक बेपत्ता भएका छन्। खोलामा दाउरा झिक्नेक्रममा शिव-सतासी-९ का २० वर्षिय बिजय बस्नेतलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन्। बेपत्ता युवकको इलाका प्रहरी कार्यालय शिवगंजबाट खटि गएको प्रहरी टोलीबाट खोजीकार्य भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget