Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

व्यवसायी खड्काको हत्याका ४ आरोपी पूर्पक्षका लागि थुनामा

३१ असार, ताप्लेजुङ । ताप्लेजुङको फुरुम्बु गाविसका व्यवसायी लालबहादुर खड्काको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
Taplejung-policeखड्काको हत्या आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका फुरुम्बु १ का २३ बर्षीय गोली भनिने अर्जुन लेछर्बो (लिम्बु), सोही वडा निवासी १८ बर्षीय सेनेप भनिने सन्दीप लेछर्बो (लिम्बु), ३२ बर्षीय सुरेश भनिने हिमाल लेछर्बो लिम्बु र रमेश लिम्बुलाई जिल्ला न्यायधीश अशोककुमार बस्नेतको इजलासले पुर्पक्षमा राख्न आदेश दिएको हो ।
आदेशपछि चारै जनालाई कारागार चलान गरिएको ताप्लेजुङ प्रहरीका डिएसपी रामबहादुर केसीले जानकारी दिए । यस अघि घटनामा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो भने केहि समय पछि घटनामा संलग्न भएको आरोपमा रमेश लिम्बुलाई पक्राउ गरेको केसीले बताए । घटनामा प्रयोग भएको खुकुरी रमेश लिम्बुको घरमा फेला परेकाले उनी पनि हत्यामा संलग्न रहेको प्रहरीको अनुमान छ ।
खड्काको फुरुम्बु स्थित आफ्नै घरमा जेठ २४ गते राति हत्या भएको थियो । उनीहरुलाई व्यवसायी खड्काको हत्या गरी ५ लाख ७० हजार नगद र ७ तोला सुनसमेत लुटेको आरोप छ । गएको असार १३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पत्रकार सम्मेलन गर्दै अर्जुन, सन्दीप र हिमाललाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget