Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अनिश्चितकालीन यातायात बन्द पुनः खुल्ने

भोजपुर, २४ असार । यातायात व्यवसायी सङ्घ भोजपुरले गरेको अनिश्चितकालीन यातायात बन्द यही असार २६ गतेदेखि खुल्ने भएको छ ।


सङ्घले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते आइतबारदेखि भोजपुर–धरान भोजपुर–लेगुवा, धरान–भोजपुरलगायत यातायात सेवा सञ्चालन हुने जानकारी गराएको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारले लापरबाही गरेको भन्दै भोजपुरका बस व्यवसायीले असार १४ गतेबाट अनिश्चितकालीन यातायात बन्द गरेका थिए । भोजपुरका सबै पक्ष सम्मिलित अनुगमन समितिले सडक अनुगमन गरी यातायात सञ्चालन गर्ने निर्णय भएको सङ्घका अध्यक्ष गोपाल तामाङले जानकारी दिनुभयो ।

व्यवसायी सङ्घले यातायात बन्द गराएपछि भोजपुरका सर्वसाधारण भोजपुरदेखि लेगुवासम्म पैदल आवतजावत गर्ने गरेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget