काठमाडौं, १० साउन । नजिकीदै गरेको तीजको अवसर पारेर नेपाली गायक गायिकाहरु तीजे गीत रेकर्ड गरि बजारमा ल्याउन हतार गरिरहेका छन् भने, कति गायक गायिकाहरु धमाधम गीत रेकर्ड गराई रहेका छन् ।
यसै समयमा ‘तीजैको बेला भएर भेला,नाँचौ गाऔँ, रमाइलो होला’भन्दै,गायिका पुर्णकला बिसी र गायक गोपाल नेपाल जिएमको स्वरमा नयाँ तीज गीत ‘हरिया चुरा’ लिएर आएका छन् । अघिल्लो साता मात्र विष्णु खत्री क्षत्रीसँग मिलेर ‘दिदीको पाउ ढोग’बोलको गीत सार्वजनिक गरेका थिए ।
गोपालको यस पाली दुई तीज गीत एकसाताभित्र सार्वजनिक भएका हुन् । ‘हरिया चुरा’मा पनि ‘दिदीको पाउ ढोग’मा मोडलद्धय रश्मी तामाङ र नरेश जोगीले नै अभिनय गरेका छन् ।
युवराज थापा र कल्पना कार्कीले सँयुक्त रुपमा लेखेको यो गीतमा युवराज थापाको संगीत रहेको छ । गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।