Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मलेसियामा एक नेपालीको मृत्यु



राजविराज,  साउन १३ ।
 
दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । 
 
मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथि छतबाट खसेर मृत्यु भएको राजविराजस्थित सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताउनुभयो । 
 
यादव गत असोजमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । 
 
यसैबीच मलेसियामा मृत्यु भएका यादवको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव नेपाल ल्याइदिनका लागि आग्रह गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget