मोरङ, असार १७ गते।
मोरङको पथरी-शनिश्चरे पहिचान खुल्न नसकेको (अज्ञात) सवारी साधनको ठक्करबाट एक युवक घाईते भएका छन्।
घाईते हुनेमा बबियाबिर्ता ३ बस्ने २४ बर्षीय बद्रि न्यौपाने रहेका छन। उनलाई शुक्रबार अपरान्ह ५ बजे पथरी-शनिश्चरे नगरपालिका ३ राजमार्गस्थित जंगलमा प्रहरी टोलीले घाइते अवस्थामा फेला पारेका थिए।
युवकको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधनको खोजीकार्य भईरहेको छ।