विराटनगर, साउन १३ गते ।
पूर्व क्षेत्र अन्तर्गत सुनसरी, मोरङ, सिरहामा बुधबार पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको सुचना प्राप्त भएको छ।
सुनसरी: सुनसरीको सोनापुर-२ बस्ने पिटु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको बुधबार नहरमा डुबरे मृत्यु भएको छ। घरनजिकै रहेको नहरमा खेल्ने क्रममा बालिका डुबेर गम्भीर घाइते भएकी थिईन। उनलाई स्थानीयले बुधबार साँझ ६ बजे पानीमा डुबेको अवस्थामा देखेपछी तत्कालै सामुदायिक अस्पताल दुहवीमा लगेका थिए। बालिकाको सोही अस्पतालामा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरी टोली खटिगई शव पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल विराटनगर पठाएको छ।
मोरङ: मोरङको अमरदह -८ बस्ने ५८ बर्षिय सैन बहादुर पौडेल बुधबार कल्भर्टमा मृत अवस्थामा भेटिएका छन्। स्थानीय ढोकरीया बजारदेखि पू्र्वपट्टी रहेको कल्भर्ट मुनि पौडेललाई स्थानीयले मृत अवस्थामा भेटेका हुन्। घटनास्थलमा प्रहरी चौकी अमरदह र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटि गएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरिएको छ। ।
सिरहा: सिरहाको लहान-४ बस्ने ६७ बर्षिया मिश्रलाल साह बुधबार सखुवा नन्कारकट्टी ९ स्थित बलान खोलामा मृत अवस्थामा भेटिएका छन्। मंगलबार बेलुका घरबाट हिडेका साहलाई उनकै छोरा सत्यनारायण साहले खोजी गर्ने क्रममा बुधबार विहान ११ बजे उक्त खोलामा मृत अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटि गएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव आफन्तलाई बुझाएको छ।