सिन्धुपाल्चोक ११ साउन । भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १ ०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ गरिने भएको छ । यसका लागी आर्थिक सहयोगार्थ बिभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुत रहने आयोजकले जनाएको छ । जस्का लागी यहि साउन १४ गते काठमाडौंमा चर्चित हाँस्य कलाकार तथा नायक नायिकाहरु किरण के।सी, शिवहरि पौड्याल, दिपकराज गिरी, दिपाश्री निरौला, मनोज आचार्य, सबिता गुरुङ्ग, कोमल वली, सुरेन्द्र के।सी ।, शिव शंकर रिजाल, राजेश पायल राइ, सुशिल क्षेत्री, विल्सन विक्रम राई, मिलन अमात्य, सुनिता दुलाल, डिजराज पौडेल, शंकर वि।सी, पार्वती राइ, जेनी कुंवरको प्रस्तुती रहने छ । मेरो बुद्ध ,मेरो नेपाल मनोरञ्जन साँझ भनि २०७३ कार्यक्रम राखिएको छ ।
बुद्ध, मि एण्ड नेपालले प्रेस विज्ञप्ती जारी गर्दै उत्त कुरा जानकारी गराएको हो । ७५ वटै जिल्लामा १०० फुट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपूर्ण र महान लक्ष्य बोकेर स्थापना भएको संस्था हो,यसका उपाध्यक्ष किरण केसीले बताएका छन् । । यसै क्रममा पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुप उक्त योजनालाई साकार वनाउन र सफल वनाउन सहयोगार्थ कायक्रम मेरो बुद्ध मेरो नेपाल मनोरंजन सांझ २०७३ आयोजना गरिन लागिएको हो ।
यस संस्थामा नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सवैको सहभागीता गराउनु पर्छ भन्ने आम नागरिकको माग बमोजिम हामीले यस पटक प्रज्ञा भवनमा थुप्रै नेपालका चर्चित कलाकारहरुको सहभागितमा उहांहरुको उत्कृष्ट प्रस्तुतीले मनोरंजन प्रदान गराउन गैरहेका छौ ।
यस कार्यक्रमबाट उठेको सम्पुर्ण रकम सिन्धुपाल्चोक जिल्लामा बुद्ध मूर्ति र बुद्ध शिक्षालय निर्माणका लागि उपयोग गर्ने जानकारी दिएको छ । कार्यक्रम यहि साउन १४ गते प्रज्ञाभवन कमालादीमा हुने विज्ञप्तीमा जनाइको छ ।