Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ठट्टै ठट्टामा ‘सोल्टीनी’सार्वजनिक (भिडियोसहित)

       
काठमाडौं, १६ साउन । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले गायक सुसन साम्सोहाङको ‘सोल्टीनी’लाई शुभकामना दिएका छन् । सुसनको नविनतम् गीति एल्बम ‘सोल्टीनी’ विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका ब्याचलर राजेशपायलले भने, ‘सुसनले त बिहे गरिसकेका होलान् तर, मैले गरेको छ्रैन । तैपनि उनको सोल्टीनीलाई धेरै–धेरै शुकामना छ ।
          ’ एल्बमको नाम सोल्टीनी भएकाले यस्तो ठट्टा गरिएको हो किनकि, पुर्वमा सोल्टीनीलाई जिस्काउने चलन छ । ‘सोल्टीनी’ गायक सुसनको दोस्रो एल्बम हो ।  सुसनको ‘सोल्टीनी’ लाई शनिबार राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा राजेशपायलको प्रमुख आतिथ्यमा संगीतकार राजु सिंह, गायक सत्यराज आचार्य, एमाले युवा नेता योगेश भट्टराई, हास्य कलाकार मनोज गजुरेल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
एल्बम लोकार्पणपछि ‘राई इज किङ’ गायक राजेशपायलले भने, ‘सुसन एकदमै राम्रो प्रतिभा भएका गायक हुन् । यो कुरा ‘सोल्टीनी’का गीतहरुले पुष्टि गर्छ ।’
सुसनले तीन वर्षअघि ‘सुसन’ नामक आधुनिक गीति एल्बम ल्याएका थिए । तर, त्यसअघि उनी लिम्बू भाषाका गायनमा चर्चित थिए । लिम्बू भाषा गायनमा आफ्नो छुट्टै पहिचान बनाएका सुसनले आफ्नो दोस्रो आधुनिक एल्बम ‘साल्टेनी’ सार्वजनिक गरेपछि भने, ‘यसअघिको एल्बमलाई खाशै मिडियामा ल्याउन सकिनँ । यसपटक भने सबैको साथ र सहयोगले यहाँहरुसमक्ष उपस्थित भएको छु ।’ कार्यक्रममा सुसनले राजेशपायल, राजु सिंह र सत्यराजलाई ढाका टोपी ओढाइदिएर सम्मान गरेका थिए ।
           सुसनको ‘सोल्टीनी’ लाई रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएको हो, जसमा विभिन्न शैलीमा पाँच गीत छन् । विशेषगरी पुर्वेली लोक तथा आधुनिक भाका समेटिएको ‘सोल्टीनी’ मा समावेश गीतको रचना नरेश भट्टराईले गरेका हुन् । त्यस्तै एल्बममा गाँसौला आज बोल गीतमा शब्द तथा संगीत उत्तमजंग लिम्बुको रहेको छ भने  ‘यो मिठो’ बोल गीतमा खेमराज गुरुङको शब्द तथा गायक सुसनकै संगीत रहेको छ । ‘बैशको बेला’ मा गीतमा सन्तोष मादेनको शब्द र विक्रम थापाको संगीत रहेको छ । एल्बमको एउटा गीतमा सुसनलार्य गायिका भुमा लिम्बुले साथ दिएकी छन् ।
             कार्यक्रममा एल्वममको शीर्ष गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो देखाइएको थियो । टेलिभिजन र युट्युबमा एकसाथ रिलिज गरिएको यस भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । मा नरेश भट्टराईको शब्द र हरि लम्सालको संगीत रहेको यस गीतको भिडियोमा पार्वती राई र धमेन्द्र आर्चाले अभिनय गरेका छन् । गीतअनुसार भिडियो निकै उत्कृष्ट बनेको छ । यस भिडियोलाई गायक रुकमान लिम्बूले आफ्नो रुबुशा क्रियटिभ वर्कस्को यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
 https://www.youtube.com/watch?v=WZLpuD-ibEA

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget