सुप्रिया राई
इटहरी,
नीजि तथा सरकारी बैङ्कहरुको भिड बढ्ने क्रममा इटहरीमा पनी सनराइज बैङ्क र नारायणी नेशनल फाईनान्स एकिकृत भएर सनराईज बैङ्क लिमिटेडले विहिवार देखी देशभर शाखाहरु सञ्चालनमा ल्याएको छ । इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना र पूर्वाञ्चल उद्योग बाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको थियो । बैङ्कको उत्तरोत्तर प्रगतिको कामना गर्दै सेवाग्राहीको चाहाना अनुसार सेवा प्राप्त होस भन्ने कामना समेत गरेका थिए । कार्यक्रमा उद्योग बाणिज्य सङ्घ इटहरीका अध्यक्ष लिलम बस्नेतले पनि शुभकामना दिएका थिए । देशको विभिन्न गाउँ तथा शहरहरुमा शाखा विस्तारसँगै सेवाग्राहीलाई विश्वासनीय सेवा उपलब्ध गराउँदै आएको नारायण फाईनान्स र सनराई बैङ्क गाभिएर सनराईज बैङ्कको इटरही शाखा सञ्चालनमा आएपछि अव इटहरीमा तीन दर्जनबढि बैङ्क तथा फाईनान्स कम्पनीहरु सक्रिय भएको छ ।अबको एक बर्षभित्रमा चुक्ता पूजिँ ८ अर्ब पु¥याउने लक्ष्यकासाथ एकिकृत भएको सनराईज बैङ्कको हाल ४ अर्ब पूजि रहेको बताईएको छ । यसैगरी सनराईज बैङ्कको ४३ अर्ब कर्जा प्रवाह रहेको र ५० अर्ब निक्षप सङ्कलन रहेको इटहरी शाखा प्रवन्धक कुमार खड्काले बताए ।