सुप्रिया राई
इटहरी÷ इटरहीको मुख्य चोकमा नै रहेको पहिलाको पृथ्वी गेष्ठ हाउसलाई परिवर्तन गरेर नयाँ साजसज्जाकासाथ कलेज सञ्चालनमा ल्याईएको सञ्चालक पृथ्वीराज पराजुलीले कक्षा सञ्चालनका विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको छ ।पूर्वाञ्चलको शैक्षिक हव बन्दै अघि बढिरहेको इटहरी उपमहानगरपालिका–१ मा सुक्रवार देखि होटल मेनेजमेण्ट सम्वन्धि अध्ययन हुने स्किल कलेजले सुक्रवार बाट कक्षा सञ्चालनमा ल्याएको छ ।यो स्किल कलेजसँगै अव इटहरीमा होटल मेनेजमेण्ट विषय अध्ययन हुने कलेजको सङ्ख्या तीन पुगेको छ । पृथ्वीराज पराजुली अभिशेकविक्रम शाह बरदान सुवेदी र रवि पन्त समेतको साझेदारीमा कलेज सञ्चालनमा आएको हो । जानु पर्नेछ ।पहिलो बर्ष भएकाले २५ जना विद्यार्थीहरुलाईमात्र भर्ना लिईएको र उनीहरुलाई यहाँको पढाईपछि मलेसिया कतार चीन दुवई लगायतका देशहरुमा इन्टर्नसिपका लागि पठाईने पनि सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।स्नातक तहसम्मका सम्पूर्ण प्रयोगात्मक कक्षाहरु एउटै छानोमुनि गराउँदै जानका लागि अहिले ७० लाख रुपियाँको लागतमा अत्याधुनिक उपकरणहरु राखेर विद्यार्थीहरुलाई नियमित १८ महिनाको अध्यापनपछि बाँकी ६ महिना बाहिर इन्टर्नसिपका लागि पठाइने सञ्चालक पृथ्वी पराजुलीले जानकारी दिनु भयो ।
