विराटनगर २३ असार । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको शिघ्रस्वास्थ्य लाभको कामना गर्दे तरुणदल नगर समिती विराटनगरलेआज साँझ विराटनगरमा प्रार्थना सभा गरेको छ ।
स्थानिय कालीमन्दिरमा कांग्रेस कार्यकर्ताहरु भेला भइ स्वास्थ्य लाभको कामना गरेका छन् । प्रार्थना सभामा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । दीप प्रज्वलन साथ प्रार्थना गरेका कांग्रेस कार्यकर्ताले कोइरालाको स्वास्थ्य लाभको कामना गरेका छन् । प्राथना सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य राजेश गुप्ता ,तरुणदलका जिल्ला अध्यक्ष प्रभाकर थापा (सन्जय),काग्रेस विराटनगर नगर सभापति भीम पराजुली,यूवानेताहरु राजु मास्के, दामोदर कोइराला,उद्धव कोइराला,बिन्दिया कार्की,मदन पाण्डे ,लिला काफ्ले ,तरुणदल नगर सभापति सन्तोष न्यौपाने , नेवि संघका नेताहरु कृष्ण कार्की , प्रशान्त निरौला लगायतको सहभागीता रहेको थियो ।