Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

असार २३ गते सम्पन्न हुने इटहरी उद्योग बाणिज्य सङ्घले पत्रकार सम्मेलन


सुप्रिया राई असार १८
इटहरी÷यही असार २३ गते सम्पन्न हुने इटहरी उद्योग बाणिज्य सङ्घको निर्वाचनका लागि लिलम बस्नेतको अध्यक्षतामा रहेको समुहले सुक्रवार दुर्गा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेको छ । उद्योग तर्फको प्रतिनिधित्वका लागि राजेन्द्रकेशरी घिमिरे, बजरङ्गलाल अग्रवाल छत्रबहादुर लिम्वू, सरिता भट्टराई शैलेश विष्ट भूपेन्द्र बराललाई लिलम बस्नेतको समुहले उम्मेदवार घोषणा गरेको छ ।सो समुहले एक महिनाअघि राष्ट्रिय बाणिज्य सङ्घको अधिवेशन समारोहमा नै उम्मेदवारी घोषणा गरेर एक महिनादेखि चुनावी अभियानमा घरदैलोमा सक्रिय रहँदै आएको छ । लिलम बस्नेत समुहको महिला तर्फृको उम्मेदवारमा मुना तिम्सिना र रञ्जु सिग्देल चौलागाईको उम्मेदवारी घोषणा गरिएको छ ।त्यसैगरी बाणिज्य तर्फको प्रतिनिधित्वका लागि टङ्कप्रसाद खनाल, कमल पौडेल, उमेश दाहाल, विश्वराज घिमाल, गोपाल चापागाई सञ्जिव सत्याल माभब न्यौपाने तथा बस्तुगत तर्फ कमल ढुङ्गाना र लक्ष्मी धिताल एवम एसोसियट तर्फबाट एक जनाको प्रतिनिधित्वका लागि सुदिप घिमिरेको उम्मेदवारी घोषणा गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget