Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाबुरामको नयाँ शक्तिमा वरीयता विवाद

काठमाडौं, असार १७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टीको हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।
नयाँ शक्तिले सह–संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो। मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाए पनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बतायो ।
नयाँ शक्तिका नेता पर्शुराम तामाङले वरीयताका क्रममा नसोचिएको भए पनि सहसंयोजक बनाएकाले वरीयताक्रम त्यही अनुसार हुनसक्ने बताए ।
कतिपय नेताले भने पार्टी सहयसंयोजक चयन नयाँ शक्तिकै अन्तरिम विधान विपरित भएको समेत टिप्पणी गरेकाछन् ।
नयाँ शक्तिले पार्टीमा युवाहरुलाई भूमिका दिने भनेर निक्कै जोडका साथ नारा अगाडी सारे पनि कार्यान्वयनमा देखिएको छैन । हालैमात्र नयाँ शक्तिले पार्टी सहसंयोजक, प्रदेश संयोजक तथा विभिन्न विभाग संयोजकको जिम्मेवारी बाँडफाँट गरे पनि युवाहरुलाई महत्व दिएको छैन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget