Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पहिरो खस्दा सिंगो बस्ती नै जोखिममा

ओखलढुंगा, साउन ११ ।
 

ओखलढुंगाको च्यानममा गाउँमाथिबाट पहिरो खस्दा सिंगो बस्ती नै जोखिममा परेको छ । लगातारको वर्षाका करण च्यानमका-८ आम्बोटेमा बस्ती माथिबाट पहिरो खस्दा १६ घर दलित परिवार रहेको बस्ती जोखिममा परेको हो । पहिरोले तीन घर विस्थापित हुने अवस्थामा पुगेका छन् भने अन्य परिवारलाई समेत अन्यत्र सार्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दा अमृता परियारले बताउनुभयो । पाँच वर्ष पहिले निमार्ण गरिएको ओखलढुंगा-मुलखर्क सडकखण्ड अन्तर्गत गाँउमाथिको आम्बेट भन्ने स्थानमा पहिरो गएको हो । जसका कारण सडकमूनिको बस्तीमा ढुंगा माटोसहितको पहिरो खस्दा स्थानीय बासिन्दा त्रसित भएका छन् । त्यस्तै सिद्धिचरण नगरपालिकास्थित रमाइलो डाँडामा पहिरो खस्दा एक घर भत्किन थालेको छ । घरमुनिबाट पहिरो खस्न थालेपछि गोमा तामाङको निमार्णाधीन दुई तले घर भत्किन लागेको हो । सदरमुकाममा रहेको नेपाली सेनाको गण समेत पहिरोको उच्च जोखिममा परेको छ । चारैतिरबाट पहिरो जान थालेपछि डाँडामा रहेको गण जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget