उनको पहिलो प्रस्तुतिमा रहेको यस गीति एल्बममा चर्चित लोक दोहोरी गायीका पुर्णकला वि.सि.र गायक बिक्रम परियारको स्वर रहेको छ । यस गीतको शब्द रचना सजिना परियारले गरेकी छिन भने लय बिक्रम परियारले गरेका छन् ।
यसै गीतको भिडियोमा पहिलो पटक अभिनय गरेकी सजिनाको अभिनय क्षेत्र उत्तिकै आसा लाग्दो रहेको पाईन्छ । परदेशबाट भर्खरै स्वदेश आएकी सजिनाले उत्त गीत मार्फत मोडलिङ प्रबेश गरेकी हुन् । यस गीतको भिडियोमा राजु सुन्दासको समेत अभिनय रहेको छ भने निर्देशन हिमाल सागर हिङमाङले गरेका छन् । यस गीतको वजार व्यवस्थापन अपार क्रियसन प्रा.लि.ले गरेको छ । हाल यस गीतको भिडियोलाई युटुबमा समेत हेर्न सकिन्छ ।