काठमाडौं ९ साउन । काठमाडौको कालिका स्थानमा रहेको सर्वनाम थिएटरमा हरि पंगेनी र मिलन शाह शंकर गुञ्जिएका छन् । मिलाप मासिकले आयोजना गरेको गजल बाचन कार्यक्रममा उनिहरुले गजल बाचन गरेका हुन् ।उत्त कार्यक्रमा गजल प्रेमीहरुको बाक्लो उपस्थितिमा दुबै जनाले १३, १३ बटा गजल बाचन गरेका छन् ।
हरि पनि के कम उनले फेरि सुरु गरे केही दिएका छन् अनि केही लिएका छन्, जिन्दगी जिउने कला गाह्रो हुन सक्छ र पर्ख तिमीलाई गजलकार बनाउँछु भन्दा दर्शकदीर्घाबाट वान्स मोर पाएका थिए । गजल बाचनमा धेरै माया प्रेमका गजल सुनाएका मिलन मुस्कुराउँदै भने त्यो मेरो प्रेम–पत्र स्वीकारी माया लाईदेऊ, जुन बेहोसी तारा बेहोसी र बादलुको पर्दा खोली तिमी जून बनी आयौ ।
जीवन भोगाई र यर्थाथ परक गजललाई प्राथमिकता दिएका हरिले भन्दै थिए जिउने कला बनाइनु पर्छ विद्यालयबाट, देश विरामी भो सिटामोल कति छ सरकार र ऊ हिडयो मुग्लान रहर बेचर सुनाए भने मिलनले गाउँकी चेलीको चुरा सहरमा फुट्यो, के गरु म उनै मन परेपछि र मुटुभित्र आगो बल्यो खै कसले देख्यो आज सुनाए ।
दुबैका अन्तिम तीन गजल बाँकी रहँदा सर्वनामका दर्शकलाई दुबैले जुरुक्कै उचालेका थिए । दर्शकदीर्घाबाट वाही वाहीको साथसँगै फेरि हरिले सुनाए तिम्रो मुस्कान प्रचार छ बजारमा, अप्ठायारो पढियो सरल पढियो बुझिएन र अघि बढनु कसरी समस्यामा छु भन्दै आफ्नो प्रस्तुतीको मैजारो गर्न लागेका उनलाई दर्शकले अझै पाँच पाँच गजल सुनाउन आग्रह गर्दै गर्दा उनीहरु पनि हौसिरहेका थिए र फेरि थप भए दुबैका गजलहरु । मिलनले अन्तिममा मुत्तकबाट गजल बाचन टुङ्ग्याएका थिए ।
मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसालले राष्ट्रिय स्वाधीनताका लागि स्वतन्त्र पत्रकारिताको मूल लक्ष्यका साथ विश्वभरका नेपाली भाषी पाठकहरुबीच पुग्ने अभीष्ट लिएर विगत सात वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले मुलुकभर र बाहिरका समाचार, समसामयिक लेख, अनुसन्धान, समीक्षामूलक सामग्री, संवाद तथा सवालहरु समेट्दै प्रकाशन हुँदै आएको बताए । मिलापले भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धनका लागि पनि कार्यहरु गर्दै आएको भन्दै आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गरे । मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले सबैको साथ र सहयोगका लागि धन्यवाद दिएकी थिइन । कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, नायिका सारिका घिमिरे, कवी चन्द्र रानाहँछा, गीतकार बसन्त वित्यासी थापा, संगीतकार रामजी नेपाली, गायक धु्रव विश्को, ¥यापर भरत समारी, डा। जवी शाहलगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।