मोरङ, असार १८ गते।
मोरङको जाँते-१ स्थित जंगलबाट शुक्रबार चोरी शिकार गर्न हिडेका दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन।
पक्राउ पर्नेमा जाँते- १ का सुमन राई र बिक्रम लिम्बु छन। अस्थायी प्रहरी पोष्ट जाँतेबाट खटिएको गस्ती टोलीले उनीहरुलाइ लोड भएको बन्दुक बोकेर हिडिरहेको अवस्थामा साँझ पक्राउ गरेका हुन।
दुबैलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भइरहेको छ।