Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बिनिताको ‘जुइनो’ बिहीबार राजधानीमा सार्वजनिक

भोला अधिकारी

काठमाडौं, ३१ असार । अभिनेत्री बिनिता बराल अरुभन्दा फरक काम गर्न चाहन्छिन् । मोडलिङमा रमाउँने सपनाको पल्लाभारी बोकेर चितवनबाट राजधानी छिरेकी बिनिताले जब चलचित्र ‘चपली हाइट’ बाट अभिनयमा डेब्यु गरिन्, तब उनी रातारात चर्चामा आइन् । हुन त मोडलिङमै पनि उनको राम्रै चर्चा थियो । 


‘यो उनको चर्चाको कारण हो, ‘जुइनो’ । यसै ‘जुइनो’मार्फत बिनिता लेखक अर्थात् उपन्यासकार बनेकी छन् । ‘जुइनो’ बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ‘जुइनो’लाई अभिनेत्री ऋचा शर्मा र उनै बिनिताले सार्वजनिक गरेका थिए । र, उनीहरुबीच उपन्यासमाथि बहससमेत गरेका थिए । ‘चपली हाइट’बाट ‘चपली गर्ल’ बनेकी उनलाई अब ‘जुइनो गर्ल’ भने हुन् ।


अभिनेत्री शर्माले ‘जुइनो’ खाशै आस नराखी पढेको र बराललाई अब लेखकभन्दा फरक नपर्ने बताइन् । विनिताले कृषक हुँदै लेखक बनेको ‘कथा’ ऋचालाई सुनाएकी थिइन् । विनिताले कृषकको अनुभवले उपन्यास लेखक बनाएको सुनाउँदै भनिन्, ‘कृषि लेख्नु थियो । तर, उद्देश्य बदलिएर जुइनो लेखेँ ।’ उनले जुइनो प्रेमकथा नभए र कृषिकथा भएको बताइन् ।

कार्यक्रममा अभिनेत्री शर्माले उपन्यास पढिरहँदा फिल्म हेरेजस्तै लागेको बताइन् । जसको जवाफमा विनिताले भनिन्, ‘मलाई खुशी बनाएर कथालाई न्याय दिन सक्ने व्यक्तिले प्रस्ताव ल्याए फिल्म बनाउने कुरामा सकारात्मक छु ।’ ‘जुइनो’ लाई फाइनप्रिन्टले प्रकाशन गरेको हो ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget