Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एकातिर लास जलीरहेछ अर्कातिर राहत

पथरी ,असार २३ । एकातिर लास जलीरहेछ अर्कातिर राहत बितरण भईरहेछ । त्यही भिडमा अमृत वा। मगरको राहत थाप्ने नाम आउछ । म उहाकि छोरी ९भतिजी० हु यहि बाढिले सातो लगेर बुबा बित्नु भयो । उहा लास जलिरहेको छ ।



हामि दिदी बहिनी हाम्रो ४ परिवारको राहत लिन आएको चन्द्रकला मगर र प्रेमिका मगर बताउदै थिए । असार ७ गते मधुमल्लाको नुनसरी खोलामा गएको बाढिले २ जनाको ज्यान र २०० घर परिवारको बिचल्ली भएको छ । अहिले त्यहाको जनजिबन कस्टकर भएको छ । बाढिले घर धनजन बगाएर बगरमा परिणत गरीदीएको छ । बाबु मरेको पिडा भन्दानी साह्रो दैनिकी चलाउन गाउलाई नै कस्टकर भएकाले राहत लिन आउनुपरेको पिडा छिमेकी गदै थिए ।


४ दाजुभाई अमृत बा।मगर, सेर बा। मगर, बल बा। मगर र खड्ग बा। मगर सबैको घर खेत अन्न बगाएर बगर बनाए पछि साहारा बिहीन भएको छ । बाढिले बाबुलाई पनि खायो खान लाउन धाउ धाउ छ यो परीवारलाई । कहिले कुन सस्थाले राहत बाढला र दुई चार दिन भएनि बाचिएला यो परिवारलाई यही चिन्ताले सताईरहेको छ । एकातिर खान लाउन छैन अकातिर बाबु बितनुभएको पिडा सुनाउदै थिन चन्द्रकला मगर ।


यहा २ ÷३ दिन यता २÷४ वटा सस्थले केही दिनको राहत प्याकेज बाढदै आएबको छ । बषेनी जाने बाढिले यहा धेरै धनजनको क्षती र कयौको ज्यान समेत लगी सकेको छ । तर यहा सरकारले कहिलेपनी गम्भिर ध्यान दिएको छैन । यहाका जनतालाई १ छाक माछा होईन माछा मार्ने बल्छीको आवस्यक्ता छ । सरकारले उत्त खोला बारे बेलैमा ध्यान नदिए र त्यहाका जनताको सवालमा ठोस निणनय नगरे अको बादीले फेरी धनजन र ज्यान नलेला भन्नेमा दुई मत नहोला । अघिलो साल पनि उत बाढि गाउ पसि १ बालक र कयौ घर बाली बगरमा परिणत गरेको थियो ।


मोरङको मधुमल्लास्थित बक्राहा खोलामा एकसाता अघि गएको बाढीले बिस्तापित भएका २ सय घर परिवारको लागि मोरङको उर्लाबारी, पथरी, दुर्गापुरीका बिभिन्न संघ सस्थाले राहत संकलन गरी बितरण गर्यो । राहतमा २५ केजि चामल भाडाकुडा म्याट लत्ता कपडा,चाउचाउ,स्टेशनरीका समाग्रीहरु बितरण गरेको न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बूले जानकारी दिए । न्यानो अभियान टिम उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार संघ पूर्वाञ्चल शाखा,उर्लाबारी युवा क्लव, चिन्तन चौतारी समुह,मंगलवारे युवा समाज,दिपज्योती युवा क्लव,उज्यालो राजघाट लगायतको सहकार्यमा राहत संकलन र बितरण गरिएको हो । अमेरिकामा रहेका ४० बोरा चामल र उर्लाबारी, पथरी, दुर्गापुरी बजारवाशीले चाउचाउ,नगद,कपडा लगायतका राहत समाग्री सहयोग गरेका थिए । उर्लाबारी, पथरी, समाजसेवी भोलामान श्रेष्ठ, जयधर्म आचार्य, धनकुमार तामाङ, सोभितमाया तामाङ, संचारकर्मी सन्तोष राई र अभियानका संयोजक पूर्ण सिंगकलले स्तलगत अवलोकन गरी ४० भन्दा बढी परिवारलाई राहत बाढि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget