Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पथरीशनिश्चरे नगरपालिकाका कर्मचारीहरु मनोमानि


पूर्व गाविस अध्यक्षलाई ठग्ने प्रयास, नरपालिका कार्यालयसँग घर नक्साको मापडण्ड छैन

 पथरी,  २३ असार। मोरङको पथरीशनिश्चरे नगरपालिकाका कर्मचारीहरु विवादमा मुछिन थालेका छन् । नपामा पुरानो घर नक्सा पास, नयाँ योजना अनुगमनममा सम्वन्धित पक्षलाई सहभागी नगराई कर्मचारीले मनोमानी ढंगले कार्य गर्न थालेपछि कर्मचारी विवादमा पर्न थालेका  इन्जिनीयर बाहेकको वार्ड विभाजित गर्नु र नगरपालिका सिफारिस गर्ने व्यक्तिहरुलाई अहिले सम्मको वैठकमा सहभागी नगराउनु र विज्ञले दिएको सुझावको वास्था नगर्नु, सर्वसाधारणलाई अलि बढी झन्झट दिनु लगायतका यावत कारणले पनि नपामा आउने सर्वसाधारणको नजरमा त्यहाँ कार्यरत कर्मचारीहरु आलोचित हुन थालेका छन् । 

नगरपालिकामा पुरानो घरको नक्सा पास गर्न जाँँदा धेरै नै झन्झट र बढी पैसाको कुरा हुनेगरेको स्थानीयहरु बताउँछन् । पथरी गाविसका पूर्व अध्यक्ष तथा समाजसेवी तिलक वान्तवाका अनुसार आफ्नो घरको नक्सा पास गर्न जाँदा नपाका कर्मचारी देवी प्रसाईले ३५ हजार रुपैयाँ लाग्ने बताएका थिए । वान्तावाले कुन शीर्षकमा ३५ हजार रुपैयाँ तिर्नु पर्ने हो भनी प्रसाईलाई प्रतिप्रश्न गर्दा प्रसाईले ३० हजारमा मिलाई दिने बताए । यसरी ३५ हजार रुपैयाँ लाग्ने भनेकोमा ३० हजारमा मिलाइदिन्छु भनेपछि वान्तावालाई प्रसाईको कार्यप्रति आशंका उब्जेको थियो । त्यसपछि सो वार्तालाभको भोलिपल्ट नपाका कर्मचारी प्रसाईले फोन गरी तपाई चुप लागिदिनु प¥यो म तपाई मिलाउँछु भन्दै बान्तवालाई प्रलोभन देखाएका थिए । वान्तवाले भने –‘म पूर्व गाविस अध्यक्ष चलाइसकेको मान्छेलाई त यसरी ठग्न खोज्ने कर्मचारीले सर्वसाधरणलाई कति ठग्दा हुन् रु यस्ता खालका कार्य नपाका कर्मचारीले कुनै हातलमा गर्नु हुन्न ।’ नपाका कर्मचारीहरुले यस्तो किसिमको व्यवहार गरिरहेका छन् भनेर नपाका प्रमुख विनोदकुमार भण्डारीलाई प्रश्न गर्दा उनले कन्सलटेन्सीहरुले काम गरिरहेको छ, अब यस विषयमा हामी छलफल चाँडै नै छफल पनि गर्नेछौं भने । 
नगरपालिका कर्मचारी र कन्सलटेन्सीको निणनयले घर नक्सा पारको दर लागुगरेको र घर नक्सा पासमा जनतालाई ठगेको स्थानियको गुजनसो छ । काम काजले नगरपालिका जादा कर्मचारीहरु नहुने भएका पनि फेसबुक चलाउनै  ब्यास्त हुने गरेका छन । नगरपालिकाका कर्मचारी देबि प्रसाई अधिकाम्स कार्यलय समयमा आरति बहुद्धेश्य सहकारी सस्थामा हुने गरेका छन भने टाढाका कर्मचारी फोहोर महिला ब्यावस्थापक सुरेन्द्र राई कहिलै समयमा कार्यलय नआउने आज बाईक पम्चर भो ,आज पानि पर्यो भन्दै टार्ने गरेका छन । अका कर्मचारी सन्तोष बस्नेतले फिल्ड हेर्न जादा १००० र पेटोल लिने गरेको नदिएमा ५ दिन पछि आउनु भनेगरेकोका सेवाग्राही 

पथरीशनिश्चरे–४ का पूर्ण राई पनि नपाको कर्मचारीको कार्यशैलीप्रति आक्रोश पोख्छन् । राईले भने–‘एउटा सिफारिस बनाउनलाई नपाको कार्यालयमा जाँदा कर्मचारीहरु झन्झट मान्ने अनि आज हुन्न भोलि मात्र तपाईको काम हुन्छ भन्ने गर्छन् ।’ यसरी नपामा आउने सर्वसाधारणले सेवा पाउनको सट्टा अनेकन दुःख र झमेला व्यहोर्नु परेपछि उनीहरु आक्रोसित हुनु स्वाभाविकै हो । अहिले पथरीशनिश्चरे नगरपालिका कार्यालय र नगर विकास समितिको समेत पनि मेलमिलाप त्यति राम्रो देखिदैन । पथरीशनिश्चरे नगरपालिका कार्यालयमा काम सघाउ पुग्ने हेतुले पुरानो घर नक्सा पास नगर विकास समितिको सिफारिसमा गर्न नगर विकास समितिका अध्यक्ष पर्शु कार्कीले कुरा गर्दा नगर प्रमुख भण्डारीले स्वीकार नगरेको कार्कीले जानकारी दिए । नगरपालिका कार्यालयसँग घर नक्साको मापडण्ड छैन, मापडण्ड नहुँदा झनै बढी समस्या भएको नगर विकास अध्यक्ष कार्की 

 यसैगरी पथरीशनिश्चरे नगरपालिका कार्यालयबाट झण्डै ११ करोड रुपैयाँको बजेट सार्वजानिक भएसँगै योजना अनुगमन तथा निरीक्षण गर्न वडा नं। ३, ६, ९, १२ र १५ का प्रमुख ओभर सियर राजु तामाङ, वडा न। १, ४, ७, १० र १३ मा सभ ओभर सियर लिलाराज भट्टराई र वडा न। २, ५, ८, ११ र १४ मा सवओभरसियर बलबहादुर बस्नेत ९सन्तोष० तोकिएका छन् । सो विषयमा बलबहादुर बस्नेत ९सन्तोष० लाई जानकारी लिदा नगरपालिका कार्यालयका प्रमुख बिनोदकुमार भण्डारी सरले हामी ३ जनालाई गोलाप्रथाको माध्यमबाट योजना अनुगमन तथा निरीक्षणको जिम्मेवारीमा पठाएको बताए । यसरी नपाको प्रमुखले नै गोलाप्रथाबाट जिम्मेवारी दिएपछि हामीहरू सोही अनुसार काम गरिरहेका छौं’–बस्नेतले भने ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget