काठमाडौ ४ साउन । कविता केशरी दाहाल काफ्लेद्वारा लिखित उपन्यास “ मैले पढेका पुरुष ” बजारमा आएको छ। शान्ति पात्रको आत्मकथन शैली र मिठो भाषाको शब्द सम्योजन रहेको छ ।
यो उपन्यासले केही पुरुष भित्र रहेका यौनजन्य आवेगहरु र जत्र( तत्र,प्रत्यक्ष )अप्रत्यक्षरुपमा पोखिएका यौनका यथार्त व्यत्त गर्दछ । तीआवेगहरु छोरी मान्छेका लागि धातक र पीडादायी हुनसक्छन् । सामाजिक तिरस्कारका डरले यस्ता कुराहरु परिवारबाट लुकाउन वाध्य पारिन्छन् भन्नेकुरा यस उपन्यासलेबताउन खोजेको छ।
यूवा अवस्थाका युवायुवती हरुको यौनमनोविष्लेषण गर्न सफल यो उपन्यासले यौन इच्छा र भावनाको चर्चा गरेको छ । साथै कुनै दुई आत्माको बराबर चाहानाको प्रतिफल हो र यो सृश्टि र सभ्य समाज स्थापनाको लागि उचित समयमा अति जरुरी छ भन्ने कुरा उपन्यासले मार्ग निर्देश गर्दछ।नेपालको पूर्वि भुगोलमा सम्भवत महिला लेखकद्वारा लिखित पहिलो स्थानमा आख्यानको रुपमा उभिएको यो उपन्यास हो ।
यस उपन्यासले सबै पाठको मन जित्ने कुरामा कविता ढुक्क परेकी छिन् । धेरै मेहनतका साथ यो उपन्यास बजारमा ल्याएको जानकारी दिईन । समाज रुपान्तरणमा गतिलो फड्को मार्न सक्ने विश्लेषकहरुको भनाई रहेको छ ।